सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी ज्यान मुद्दामा फरार टीकापुरका २ जना पक्राउ

२०८२ साउन ३०, ०७:०४ खबर संवाददाता

धनगढीः सवारी ज्यान मुद्दामा फरार कैलालीको टीकापुरका २ जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा ५ महिना ५ दिन कैद सजाय तोकेपछि फरार रहेका कैलालीको टीकापुर नगरपालिका १ शक्तिनगर शिबिर बस्ने २६ वर्षीय लौटन चौधरी र सोही ठाउँ बस्ने २२ वर्षीय रबिन चौधरी पक्राउ परेका हुन्। दुबै जनालाई  इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार उनीहरुकै घरबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस