सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रष्टाचार मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ 

२०८२ साउन ३०, ०७:१० खबर संवाददाता

कञ्चनपुरः भ्रष्टाचार मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०७७ माघ १६ गतेको फैसलाले भ्रष्टाचार (नक्कली प्रमाण पत्र) मुद्दामा ६ महिना कैद सजाय र १० हजार जरिवाना तोकिई फरार रहेको कञ्चनपुरको लालझाडी गाउँपालिका–२ बस्ने ५४वर्षीय नन्दलाल तिरुवा पक्राउ परेका हुन्। तिरुवालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस