सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका दुई पत्रकार भट्ट र कुँवर हाजिर जमानीमा थुनामुक्त

२०८० फाल्गुन ३, ०२:३३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका दुई पत्रकार हाजिरी जमानीमा थुनामुक्त भएका छन्।

विद्युतीय अपराध सम्बन्धी मुद्दामा पक्राउ गरेका पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवर हाजिरी जमानीमा बुधबार राति थुनामुक्त भएका हुन्। माउन्टेन टेलिभिजनमा कार्यरत भट्ट र आभाष कुञ्ज दैनिकमा कार्यरत कुँवरलाई प्रहरीले थुनामुक्त गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले दुवै जनालाई अनुसन्धानका क्रममा बोलाएका बेला हाजिर हुने गरी आफन्तको जिम्मा लगाइएको बताए।

पत्रकार भट्ट र कुँवरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सामाजिक सञ्जालमा जथाभावी लेखेर चरित्र हत्या गरेको भन्दै शनिबार पक्राउ गरेको थियो। आइतबार जिल्ला अदालतले उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

कमेन्ट लोड गर्नुस