सुदूर नेपाललाई विश्वसँग जोड्दै

बस दुर्घटना अपडेटः मृतक १० जनाको पहिचान खुल्यो

२०८० फाल्गुन ३, १०:०६ खबर संवाददाता

धनगढीः कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा ज्यान गुमाएका १० जनाकै सनाखत भएको छ।

दुर्घटनामा मृत्यु हुनेहरूमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त–१६ का सन्जु थापा, पुनर्वास नगरपालिका निवासी किसन भट्टको दुर्घटनास्थलमै मृत्यु भएको छ। भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका–२ बस्ने सुदीप भट्ट र पुनर्वास नगरपालिका–९ बिसफाँटा बस्ने बिमलादेवी भट्टको पहिचान खुलेको छ।

त्यस्तै रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको मृत्यु भएको छ। बुधबार राति १ बजे महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सुदूरपश्चिम प्रदेश ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेको थियो।

कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइतेमध्ये नौ जनालाई बुटवल पठाइएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए।

कमेन्ट लोड गर्नुस