सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको मोहन्यालमा दुई शिक्षिकाबीच कुटाकुट

२०८० फाल्गुन १, ०२:०२ खबर संवाददाता

धनगढीः कैलालीको एक विद्यालयमा दुई शिक्षिकाबीच कुटाकुट भएको छ।

मोहन्याल गाउँपालिका–७ कुहिनेस्थित अरनिको आधारभुत विद्यालयमा कार्यरत दुई शिक्षिकाबीच कुटाकुट भएको हो। प्रावि स्थाई दरबन्दीकी शिक्षिका देवकी जोशी र बालविकास शिक्षिका रिता बिष्टबीच झगडा भएको विषय बाहिर आएको मोहन्याल गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष नवराज कठायतले बताए।

माघ २६ गते शुक्रबार विद्यालय समयमा दुबै शिक्षिकाबीच एक आपसमा झगडा भएको थियो। विद्यालयमा शिक्षिकाबीच झगडा भएको विषय बाहिर आएपछि वास्ताविकता बुझ्न दुबै जनालाई हिजो छलफलका लागि बोलाएपनि धनगढीबाट शिक्षिका जोशीले आफुलाई त्यहाँ असुरक्षा भएको भन्दै धनगढीबाट आउन नमानेको वडाअध्यक्ष कठायतले बताए।

विद्यालय व्यवस्थापन समितिले दुबै पक्षलाई छलफल गराई विवाद मिलाउन माघ २९ गते बैठक राखिएको भए पनि उपस्थित नभएपछि बैठक स्थगित भएको उनको भनाइ छ। एक आपसमा झगडा हुनुको कारण भने खुलेको छैन्।

कमेन्ट लोड गर्नुस