सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा थप २ जना पक्राउ

२०८० फाल्गुन १, ११:२३ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका वडा नम्बर १६ का दशरथ धानुकलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई सोमवार अनुसन्धानका लागि पक्राउ गरिएको कञ्चनपुर प्रहरीले बताएको छ।

कञ्चनपुर प्रहरीले शनिवार पत्रकार ऐश्वर्य कुँवर र पुष्कर भट्टलाई समेत पक्राउ गरेको थियो। भीमदत्त नगरपालिका वडा नम्बर ४ का ४२ वर्षीय भट्टलाई गड्डाचौकीबाट र कुँवरलाई उनको घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीका विरुद्धमा समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाएका थिए। उनीहरूका विरुद्ध कञ्चनपुर प्रहरीले विद्युतीय अपराधमा मुद्‍दा दर्ता गरेको छ।

 

कमेन्ट लोड गर्नुस