कञ्चनपुरमा एक लाख बढीका सामान बरामद
२०८० माघ २९, ०५:४१
कञ्चनपुरः कञ्चनपुरमा एक लाख बढीका सामान बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका वडा नम्बर-१० तिनतारा र भीमदत्त नगरपालिका-११ चौकीसत्ताबाट एक लाख चौध हजार बिस मुल्यको चिनी, मिश्री, तेल, दाल, सोडा, सुट, जुत्ता, चप्पल र टावेल लगायत सामान बरामद गरेको छ। बेवारीसे अवस्थामा फेला परेका उक्त सामान प्रहरीले आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको बताएको छ।
कमेन्ट लोड गर्नुस