सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंकाले लगायो सामाजिक सञ्जालमाथि प्रतिबन्ध

। फोटो स्रोत ।
२०७६ वैशाख ३०, ०४:४३ खबर संवाददाता

श्रीलंका सरकारले सोमबारदेखि सामाजिक सञ्जालमाथी अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ। फेसबुकमा सुरु भएको एक विवादलाई लिएर आइतबार एक व्यक्तिमाथि कुटपिट गरिएको थियो, दर्जनौं व्यक्तिले मस्जिद र मुस्लिम समुदायले सञ्चालन गरेको स्टोरमा ढुंगा प्रहार गरेका थिए’, एक स्रोतलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले भनेको छ। 

फेसबुकमा विवादस्पद स्टाटस पोस्ट गर्ने ३८ वर्षीय अब्दुल हमीद मोहम्मद हसमरलाई गिरफ्तार गरिएको अधिकारीहरुले बताएका छन्। उनले सामाजिक सञ्जालमा ‘एक दिन तिमीहरु रुनेछौ’ भनेर लेखेका थिए। सोही पोस्टका कारण हिंसा भएको जनाईएको छ। फेरि देशमा यस्तो हिंसा नफैलीयोस भनेर श्रीलङ्का सरकारले सामाजिक सञ्जाल नेटवर्क फेसबुक, ह्वाट्सएप र सन्देश पठाउन मिल्ने विभिन्न एपमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको श्रीलङ्काली अधिकारीले जनाएका छन। 

गत २१ अप्रिल इस्टर पर्वमा भएको सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंकाको मस्जिद र मुस्लिम समुदायले सञ्चालन गर्दै आएका पसलमा पनि आक्रमण भएको थियो। उक्त बम विस्फोटमा दुई सय पचास जनाले ज्यान गुमाएका थिए।  
 

कमेन्ट लोड गर्नुस