सुदूर नेपाललाई विश्वसँग जोड्दै

बारा र पर्साका हावाहुरी पीडिलाई प्रदेश १ सरकारद्वारा एक करोडको चेक हस्तान्तरण

२०७६ वैशाख ३०, ०४:२४ खबर संवाददाता

बारा र पर्साको हावाहुरी पीडितका लागि एक करोडको चेक हस्तान्त्रण गरिएको छ। प्रदेश नम्बर १ को सरकारले घोषणा गरेको उक्त एक करोड सहयोगको चेक सोमबार मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको हो।

सोमबार प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपदमा सानो सहयोग गरेको बताउंदै उनले विपतका समयमा हामी सबै एकजुट रहेको समेत सन्देश दिन खोजेको बताए।

प्रदेश २ का मुख्यमन्त्री राउतले चेक ग्रहण गर्दै प्रदेश १ को सहयोग प्रति आभार प्रकट गरे। उनले  देश संघीय संरचनामा गएपछि प्रदेश प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ गरेको बताए। चैत्र १७ गते बारा र पर्सामा हावाहुरीमा परि २९ जनाको ज्यान गएको थियो भने सयौं मान्छे घाइते भएका थिए। 
 

कमेन्ट लोड गर्नुस