सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमै नोट छाप्न सरकारले विधेयक ल्यायो

२०८० माघ १८, ०५:०४ खबर संवाददाता

काठमाडौँः सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सुरक्षित मुद्रणदेखि नोटसम्बन्धी छपाई नेपालमै गर्ने व्यवस्थाका लागि सुरक्षित मुद्रण विधेयक ल्याइएको बताएकी छन्।

बिहीवार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका छलफलका क्रममा मुलुकभित्रै राहदानी, नोट, सवारी अनुमतिपत्र र राष्ट्रिय परिचयपत्रलगायतका सामग्री सुरक्षितरूपमा छपाइ गर्न उक्त विधेयक ल्याइएको बताइन्।

उनले सुरक्षित मुद्रणको काम नेपालमा नै हुँदा डाटा सुरक्षित रहने र ठूलो राजस्व बाहिर जानबाट जोगिने बताएकी थिइन्। सुरक्षित मुद्रणजस्तो महत्वपूर्ण विषय गठन आदेशको भरमा चलाउँदै आएकोमा कानुन बनेपछि उक्त आदेश खारेज हुने उनले बताइन्। उनले राष्ट्रियसभाको संशोधन र अहिलेको संशोधनलाई ध्यानमा राखेर टुंगोमा पु¥याउनुपर्ने बताइन्। बैठकमा समिति सदस्यहरूले सुरक्षण मुद्रणको कामलाई सुरक्षित बनाउन आवश्यक व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए।
 

कमेन्ट लोड गर्नुस