सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिचाई सुविधा विस्तारमा कैलालीका स्थानीय तहको ध्यान गएन

२०७६ वैशाख २८, ०४:२१ रोशन भट्ट

समृद्धिको प्रमुख आधार कृषि मानिदै आएपनि सिचाई सुविधा विस्तारमा कैलालीका स्थानीय तहको ध्यान जान सकेको छैन्। कृषि उत्पादन बढाउन सिचाई सुविधा आवश्यक पर्ने भएपनि स्थानीय तहहरुले सिचाई सुविधा विस्तारका योजना नै अघि नसारेको पाईएको छ। किसानहरुले सिचाईका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेपनि स्थानीय तहहरु सिचाईका आयोजना नै सञ्चालन गरेका छैनन्।

निर्वाचनका लागि कृषि आधुनिकिरणको नारा लगाउदै आएका जनप्रतिनिधीहरुले सिचाई सुविधा विस्तार गर्न भने ध्यान नदिएको पाईएको हो। वार्षिक नीति तथा कार्यक्रममा नै सिचाईका योजना छनौट नगरेका स्थानीय तहहरुले सिचाई सुविधा विस्तारका योजना नल्याएका हुन्। तर स्थानीय तहका जनप्रतिनिधी अहिले आएर किसानबाट सिचाईका योजना माग नभएको भन्दै पन्छीरहेका छन्। टीकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावलले किसानबाट सिचाईका योजना माग नभएको दावी गरे।

प्रदेशकै सुगम स्थानीय तह मानिने धनगढी उप–महानगरपालिकामा पनि उचित सिंचाईको समस्या रहेको छ। तर उप–महानगरपालिकाले पनि साना सिंचाईका योजना संञ्चालन गर्न सकेको छैन्। किसानहरुलाई वोरिङ लयायतका अन्य सामाग्री वितरण गर्नको लागि वजेट विनियोजन गरेको भएपनि विभिन्न समस्याका कारण सो सामाग्री खरिद प्रक्रियामा लैजान समेत समय लाग्ने देखिएको छ।

पानी वहुउपयोगी चिज भएकाले पनि साना सिंचाई आयोजजना संञ्चालन गर्न समस्या नहरेको कृषि विज्ञले बताउने गरेका छन्। तर स्थानीय सरकार आएको करिव दुई वर्ष हुनै लाग्दा समेत कुनै स्थानीय तहले पानीको वहु उपयोग नितीलाई अवलम्बन गर्न सकेका छैनन्। कैलालीका दुई स्थानीय तहहरु पहाडी क्षेत्रमा पर्छन भने अन्य ११ तहहरु तराई क्षेत्रमा पर्छन्।

पहाडी क्षेत्रमा अधिकांश पानीका मुहान प्रयोग विहिन जस्तै छन् भने तराईमा उपलब्ध हुने पानीका स्रोतको उचित प्रयोग हुन सकेको छैन। प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि महाशाखा प्रमुख यज्ञराज जोशीले सिचाई सुविधा नभए कृषिबाट समृद्धि हासिल गर्न नसकिने बताए। तर प्रदेशको राजधानी भएको कैलाली सहित सुदूरपश्चिमका अन्य जिल्लाका किसानहरुले अहिले पनि सिचाई सुविधाबाट वञ्जित रहेका छन्। सिंचाईको व्यवस्था नभएकै कारण किसानहरुले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको छ भने अर्कोतीर सिचाई सुविधा अभावकै कारण ठुलो जमिन बाझो रहने समस्या बढ्दै गएको छ। 
    
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस