सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूमध्य सागरमा डुङ्गा पल्टिँदा ६५ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ वैशाख २८, १२:१७ खबर संवाददाता

भुमध्य सागरमा एउटा डुङ्गा पल्टिँदा ६५ जनाको मृत्यु भएको छ। बिहिबार ट्युनिशिया नजिक समुद्रमा शरणार्थी लिएर लिबिया जाँदै गरेको डुङ्गा पल्टिएको संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीले जनाएको छ। एजेन्सीका अनुसार दुर्घटना भएको डुङ्गामा धेरैजसो अफ्रिकाका नागरिक थिए। ‘यो दुर्घटनामा अहिलेसम्म १६ जनालाई बचाउन सक्यौं।’ शरणार्थीहरुका लागि संयुक्त राष्ट्रको उच्च आयुक्त (यूएनएचसीआर) ले जारी गरेको बयानमा भनिएको छ।

यो वर्षमात्रै अहिलेसम्म लिबियादेखि यूरोप मार्गमा एक सय ६० बढी मानिसले ज्यान गुमाइसकेको यूएनएचसीआरको आँकडाले जनाएको छ। सन् २०१८ मा भूमध्य सागर पार गर्ने क्रममा प्रतिदिन छ प्रवासीले ज्यान गुमाउने गरेको संयुक्त राष्ट्र संघको प्रतिवेदनमा उल्लेख गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस