सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘समुदायमा कांग्रेस अभियान’का लागि केन्द्रीय नेता सुदूरपश्चिम आउँदै

२०८० माघ १४, ०३:०३ खबर संवाददाता

धनगढीः समुदायमा कांग्रेस अभियानका प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटिएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम जिल्लाका फरक–फरक समुदायको बीचमा पुगेर संवाद गर्न कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको हो। टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारी सहभागी हुनेछन्।

केन्द्रीय प्रतिनिधि सहिद दिवसका दिनदेखि २६ माघ सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहनेछन्। समुदायमा काँग्रेस अभियानका लागि भीष्मराज आङ्देम्बे कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुर पुगेर संवाद गर्नेछन्।

कमेन्ट लोड गर्नुस