सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मिडिया कप फुटसल हुने

२०७६ वैशाख २८, ११:३२ खबर संवाददाता

कैलाली–धनगढीमा मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको आयोजनामा आगामी जेठ ४ गतेदेखि ६ गतेसम्म मिडिया कप फुटसल प्रतियोगिता हुन लागेको हो। आयोजकले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिईएको हो। प्रतियोगिताको विजेताले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र तथा उपविजेताले नगद ७ हजार सहित नगद ट्रफी र प्रमाण पत्र पाउनेछन्। त्यसैगरी उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगद पुरस्कार पाउने नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीका अध्यक्ष सीताराम ओझाले जानकारी दिए। 

यस प्रतियोगितालाई चौधरी गुप्रको सिजी ब्रुअरीको उत्पादन नेपाल आईसनले मुख्य प्रायोजन गरेको उनले बताए। यसैगरी यो प्रतियोगिताको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला खेलकुद विकास समिती रहेका छन्। पछिल्लो समयमा लोकप्रिय बन्दै गएको फुटसल प्रतियोगिताको आयोजना गर्दै सञ्चारकर्मीहरुमा एक आपसमा भातृत्व तथा चिनजानका साथै खेलकुदको विकास गर्न फुटसल प्रतियोगिता आयोजना गर्न लागेकोे महासचिव प्रदिप पाठकले जानकारी दिए। एफएम रेडियो पत्रपत्रिका अनलाईन तथा टेलिभिजनका टोलीहरुको सहभागीता जनाउन पाउने क्रियासिल पत्रकार मिलेर पनि टोली बनाएर भाग लिन पाउने शाखाका कोषाध्यक्ष हरि जोशीले बताए। फुटसल प्रतियोगितामा कैलालीका विभिन्न सञ्चार माध्यमका टीमहरुले सहभागीता जनाउनेछन्। प्रतियोगिताको सवै प्राविधिक पक्ष फ्ल्याटल्याण्ड फुटसललाई जिम्मा दिईएको मिडिया कपका योजनाकार विराज रोस्याराले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस