सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेविसंघले तोड्यो निषेधाज्ञा, गर्‍यो माइतीघरमा प्रदर्शन 

२०८० माघ ७, ०१:४३ खबर संवाददाता

काठमाडौं: नेपाल विद्यार्थी संघ, काठमाडौं जिल्ला समितिले नेपाल सरकारले  माईतीघरलाई निषेधित क्षेत्र  बनाएर निषेधाज्ञा जारी गरेको भन्दै आज प्रदर्शन गरेको छ। आइतवार नेविसंघ काठमाडौं जिल्ला समितिले माइतीघरको निषेधाज्ञा तोडेको हो । माइतीघर मण्डलमा साढे ११ बजे सुरु भएको प्रदर्शन करिव एक घण्टा चलेको थियो।

नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्लले संविधान तथा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको परिधि भित्र रहेर गरिने विचारर अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्दै यस्ता कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रोक लगाउने गरी कुनै पनि सूचना, विज्ञप्ति तथा गतिविधि नगर्न, नगराउन नेपाल सरकारलाई चेतावनी दिएका छन्। नेविसंघले संविधान तथा कानुनले सुनिश्चित गरेका विशेष प्रकारका  अधिकारहरुको उपभोगमा कुनै पनि प्रकारको हस्तक्षेप वा बन्देज स्वीकार्य नहुने जनाएको छ।

नेविसंघले प्रदर्शनको क्रममा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा र सरकारको कदमको विरोधमा नाराबाजी समेत गरेको थियो। झडपका क्रममा नेविसंघ ललितपुर जिल्ला अध्यक्ष सरोज धोरासैनी , राजेन्द्र चटौत लगायत केही विद्यार्थी नेताहरू घाइते भएका छन्।

प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य उज्जवल बज्राचार्य, आदर्श मल्ल, एनपी जोशी,श्रीयाद पुडासैनी, नेविसंघ त्रिचन्द्र कलेजका नेता सुवर्ण विष्ट, भुपेन्द्र भट्ट, नेविसंघ प्राविधिक विधार्थी परिषद् अध्यक्ष राजेन्द्र चटौत, नेविसंघ काठमाडौं जिल्ला अध्यक्ष अंसुल केसी, नेविसंघ ललितपुर अध्यक्ष सरोज घोरासैनी, नेविसंघ दोलखा जिल्ला अध्यक्ष प्रनिल तामाङ्, नेविसंघ नेता ओम क्षेत्री, प्रदिप कार्की, सतिश यादव, जहेन्द्र वि.क, हिलसाइड अध्यक्ष विमल विष्ट, दिपेश रेग्मी र विकल श्रेष्ठसहितका विद्यार्थी नेताहरू प्रदर्शनमा सहभागी रहेका थिए।
 

कमेन्ट लोड गर्नुस