सुदूर नेपाललाई विश्वसँग जोड्दै

गभर्नरको नक्कली व्हाट्सएप ​चलाउने व्यक्तिको पहिचान खुल्यो

२०८० माघ ६, ०५:४७ खबर संवाददाता

काठमाडौं: ​​​​​नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी सञ्चालित व्हाट्सएप नम्बर छेदु चमारको नाममा रहेको खुलेको छ।​​

९८१४४८६४४९ नम्बर छेदु चमारको नाममा रहेको साइबर ब्यूरोका इन्सपेक्टर राजकुमार खड्गीले जानकारी दिए। ‘उक्त नम्बर छेदु चमारको नाममा रहेका खुलेको छ’, उनले भने, ‘तर उनलाई व्हाट्सएप चलाउन नआउने रहेछ।’​​
खड्गीका अनुसार उक्त नम्बर अर्कै व्यक्तिले चलाइरहेको देखिएको छ।

राष्ट्र बैंकले गत आइतवार एक सूचना प्रकाशित गर्दै गभर्नर अधिकारीको फोटो र नाम दुरुपयोग गरेर व्हाट्सएप सञ्चालन गरिएको जानकारी दिएको थियो। गभर्नर अधिकारीले बिहीबार मात्रै ब्यूरोमा त्यसविरुद्ध जाहेरी दिएका थिए।

कमेन्ट लोड गर्नुस