सृष्टिकी देवी मेरी आमा
✍️जनक राज जाेशी
प्राणमा भगवान हुन्छन्!
सृष्टिको एक सुनौलो किरण
आमाको काख!
तिम्रा खुट्टा कहिल्यै फाटेनन
तिम्रो हृदय कहिल्यै चर्किएन।।
बरु रोटी मा नुन दलेर खायौँ!
कसै सित हात फैलाएनौ ।।
तिस रुपैयाँ नहुँदा झरेका
पचास थोपा आशु
ति आशु थिएनन ! भावविह्वल भएका
अनौखा अत्यास थिए।
तिम्ले त्यस्ता दु:खद क्षण महसुस गर्ने
कला कहाँ बाट सिक्यौँ!
तिमी छट्पटाउनु अत्यास थिएन!
तिमी बोल्नु कायरता थिएन।
तिम्रो हृदय कति विदारक आमा!
हजारौँ तकलिफहरू तिम्रा जिम्मा थिएनन।
खै! तिम्रो शालीनता कति गज्जब!
तिम्रो भक्तिमा कति धेरै पावर
साँच्चै राह छोडिसकेको मौरी जस्तै
तिम्रो बाटो हिड्नु तिमी कति महान।
कसैले मन्दिर सोधे आमाको काख भनुला !
भगवान सोधे आमा भनुला !
यदि दु:खहरू जम्मा गर्ने कुनै ठाउँ छ भने!
त्यो आमाको हृदय को भनुला!
संसारकै महँगो चिज - तिमी हौ।
तिमी लाइ स्वर्ण होइन -
तिमी लाइ प्रगति ले भर्नु छ।
तिमीलाई मात्र हाम्रो सु:ख चाहिएको हो।
दु:ख सँगको दोस्ती तिम्रो पहिले बाटै हो।
तिमी धर्ती हौ!
तिमी प्रेम हौ।
तिमी परिभाषा हौ।
तिमी जीवन हौ।
साँच्चै तिमी जीवित हुनुको आभास हौ।