सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै

२०८३ वैशाख १०, ०१:३३ खबर संवाददाता

काठमाडौँ: आज विश्वभर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै छ। सन् १९९५ मा फ्रान्सको पेरिसमा सम्पन्न युनेस्को को महासभाले अप्रिल २३ लाई “विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस” का रूपमा मनाउने घोषणा गरेको थियो।

यस दिवसको मुख्य उद्देश्य पुस्तक, लेखक तथा सिर्जनशील कार्यप्रति सम्मान प्रकट गर्नुका साथै पढ्ने संस्कृतिलाई प्रवर्द्धन गर्नु हो। साथै, यस दिनले विश्व साहित्यमा विशेष ऐतिहासिक महत्वसमेत बोकेको मानिन्छ।

कमेन्ट लोड गर्नुस