सुदूर नेपाललाई विश्वसँग जोड्दै

संघीय संसदको अधिवेशन वैशाख १७ गते बोलाइयो

file photo
file photo
२०८३ वैशाख १०, १२:५७ खबर संवाददाता

धनगढी: राष्ट्रपतिको कार्यालय ले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको छ।

कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन बोलाएका हुन्।

विज्ञप्तिमा उल्लेख भएअनुसार, संघीय संसदको अधिवेशन २०८३ साल वैशाख १७ गते बिहान ११:०० बजे संघीय संसद भवन, सिंहदरबारमा बस्नेछ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सीतोशकुमार शाक्य द्वारा जारी उक्त विज्ञप्तिमा अधिवेशन आह्वान सम्बन्धी जानकारी दिइएको हो।

कमेन्ट लोड गर्नुस