अबको अखिल र अखिलले देखेको समाज
यमराज जोशी : विद्यार्थीलाई भविष्यको कर्णधारका रुपमा पनि हेर्ने गरिन्छ। अहिले केन्द्रीय राजनीतिका मूल पार्टीका हरेक मुल नेतृत्व गरिरहेका नेताहरुको पृष्ठभूमि हेर्नेहो भनेपनि प्राय सबै नेता विद्यार्थी संगठनबाट नै नेतृत्व गरेर आएका व्यक्तिहरू छन। हिजोको विद्यार्थी राजनीति र आजको विद्यार्थी राजनीतिमा ठूलो अन्तर रहेको छ। हिजोको विद्यार्थी राजनीति अत्यन्त कठिन थियो। शैक्षिक मुद्धा बाहेक आफ्नो जीवनको प्रवाह नगरी निरंकुश राज्य व्यवस्थाका विरुद्धमा बोल्नुपर्ने अवस्था थियो र बोलिसकेपछि कुनबेला के हुन्छ मारिन्छ कि बाँचिन्छ भन्ने कुनै ठेगान थिएन। तरपनि त्यो एउटा कालखण्ड पूरा भइसक्यो ।
अब समय फरक छ, अहिलेको विद्यार्थी राजनीति विगत जस्तो जटिलपनि छैन अब सहज वातावरणमा हामीले धेरै काम गर्न सकिने अवस्था छ। विद्यार्थी र विद्यार्थी संगठनको सीधा संपर्क समाजका हरेक पक्षसँग हुनेगर्दछ। आजको विद्यार्थी भोलिको समाजको कर्णधार, राम्रो मान्छे बन्ने, राजनीतिज्ञ बन्ने, व्यापारी बन्ने , शिक्षक बन्ने, समाजसेवी बन्ने हो। समाजका लागि के कुरा उपयुक्त हो के होइन भन्नेकुरा छुट्याउन सक्ने सचेत नागरिक हो। हाम्रा मुल पार्टीका विचार र व्यवहारको मूल्यांकन गरेर भविष्यमा मुल पार्टीलाई सत्तामा पुगाउने र सत्ता बाहिर राख्नसक्ने हैसियत पनि आजका विद्यार्थीले राख्न सक्छन्।
त्यसैले विद्यार्थी संगठनलाई सही दिशामा डोर्याउन सक्यो भने अनेरास्ववियु लाई राम्रो बनाउन सक्यौ भने समग्र विद्यार्थी राजनीति, विद्यार्थी राजनीतिको माध्यमबाट देशको शैक्षिक अवस्था पार्टी को अवस्थामा सुधार आउन पार्टीलाई पनि सफल बनाउन सकिन्छ, सफल पार्टीको माध्यमबाट देशको लागि असल काम गर्न सकिन्छ। त्यसैले अबको अखिल अखिल जस्तो बन्नु पर्छ त्यसको निम्ति केही भिजन भएको व्यक्ति नेतृत्वमा आउन जरुरी छ।
नेकपा एमालेका २२ वटा विभिन्न भातृ संगठनहरु मध्ये विद्यार्थीहरुको संगठन अनेरास्ववियु अत्यन्त जिम्मेवार, गतिशील र बौद्धिक संगठन हो। खासगरी स्कूल कलेज पढ्ने र पढ्दै गरेका सृजनशील युवा विद्यार्थीहरुले नेतृत्व गर्ने, शैक्षिक क्रियाकलापमा संग्लग्न हुने, शिक्षाका नया आयामहरुमा छलफल बहस गर्ने, शिक्षाका माध्यमबाट समाज र समग्र राष्ट्रको उन्नतिका लागि बोल्ने, समाजमा हुने अनेकन विकृति विसंगतिलाई, अन्याय र विभेदलाई अन्त्यगर्न निरन्तर सुझाव,दबाब र खबरदारी गर्ने संगठन हो।
+२ भन्दा माथिल्ला तहमा पढ्दै गरेका विद्यार्थीहरुमध्यबाट पनि सृजनशील र नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने युवा जोडिने भएकाले, पार्टी संगठनलाई गतिशील बनाउन पार्टीका विचार योजना, विगतको योगदान र भविष्यको कार्ययोजना तल स्कूल स्कुलमा गाउँ गाउँमा पुगाउने सक्ने कामपनि अनेरास्ववियुको नेताले गर्नसक्ने भएकाले मूल पार्टीका निम्ति पनि अखिल अति महत्वपूर्ण भातृ संगठन हो।
मैले कल्पना गरेको अबको अखिल
अनेरास्ववियुको सांगठनिक संरचना अत्यन्त लोकतान्त्रिक छ, प्रत्येक +२ देखि माथिल्ला तहका कलेजका कमिटीहरु छन्, ती त्याभन्दा माथि प्रत्येक पालिकाहरुमा कमिटीहरु छन्, प्रत्येक जिल्ला कमिटीहरु छन्, प्रदेश र केन्द्रीय कमिटीहरु छन्। कमिटी भित्रपनि आफ्ना आफ्ना जिम्मेवारीहरू छन्। यति राम्रो अधिकार सम्पन्न संरचना छ। अब गर्नुपर्ने खासै धेरै केहीपनि छैन सबैभन्दा पहिले प्रत्येक प्रदेश कमिटीको नेतृत्वमा संगठनमा जोडिने विद्यार्थीलाई प्रत्येक क्याम्पस देखि केन्द्र सम्म हाम्रो संगठन र मूल पार्टीको विचार, कार्यक्रम लक्ष्य उद्याष्यको बारेमा प्रशिक्षण कार्यक्रम चलाउनु पर्ने छ।
त्यसपछि मात्र एक विद्यार्थी वास्तविक अखिलको योद्धाका रुपमा तयार हुन्छ। अरु महत्वपूर्ण विषयहरूछन् क्याम्पस कमिटीले सिङ्गो देशको चिन्ता लिनुपर्ने व्यवस्था छैन, सधै सडकम आन्दोलन गरिरहनुपर्ने अवस्था छैन। आफ्नो जिम्मेवारी जे छ त्यो पुरागर्ने अर्थात् क्याम्पसमा शैक्षिक अवस्था के छ ? नियमित पढाइ हुन्छ कि हुँदैन ? पढाइ सङ्गै विद्यार्थीलाई क्याम्पसले नया कुरा के सिकाइ रहेको छ ? थप गर्न सकिने सिकाइँहरु, कार्यक्रम के छन् ? समयको माग के छ ? विद्यार्थी पढाइ प्रति सन्तुष्ट छ कि छैन ? यो सबैकुरा पत्ता लगाउने आवश्यक विषयहरू पुराँगर्न क्याम्पस प्रशासन त्यहाँको स्थानीय सरकार, प्रदेश सरकार र सरोकारवाला हरु सङ्ग समन्वय गरी पूरा गर्ने। विद्यार्थीलाई क्याम्पस प्रति र आफ्नो पढाइ प्रति सन्तुष्ट बनाउने कोसिस गर्ने ,सङ्गै अतिरिक्त क्रियाकलापमा जोड्ने खालका कार्यक्रमहरु ल्याउन, अथवा क्याम्पसलाई ल्याउन लगाउने, रचनात्मक दबाब सिर्जना गरिरहने, पार्टी संगठनका सकारात्मक कदमहरू विद्यार्थी बीच लागि रहने। किनकि त्यही विद्यार्थी भोलिको भोटर पनि हो समाजको सचेत नागरिक पनि हो। त्यस्तै प्रत्येक पालिका कमिटीले पनि आफ्नो पालिका भरी, जिल्ला कमिटीले जिल्ला भरि, प्रदेशले प्रदेश भरि र केन्द्रले समग्र देशको शैक्षिक अवस्था के छ ?
सरकारी विद्यालयहरुको अवस्था त्यहाँको शैक्षिक अवस्था खस्किदो किन भयो? विद्यार्थीलाई कस्तो खालको शिक्षा आवश्यक छ ? अहिले सरकारी स्कुलमा विद्यार्थी संख्या किन कम भयो ? सरकारीमा लोकसेवा पास शिक्षक हुने भौतिक संरचना राम्रो हुने र विद्यार्थी नहुने तर निजी स्कुलमा (केही केही बाहेक सबैमा छैन ) +२ फेल शिक्षक हुने भौतिक संरचना गोठ जस्तो हुँदापनि विद्यार्थी धेरै हुने स्थिति कसरी बनिरहेको छ ? यस विषयमा गम्भीर हुने गर्नुपर्छ, लाग्नुपर्छ, देखिएका समस्या समाधान गर्दै आफ्नो अध्ययनमा लाग्ने गर्नुपर्छ ।
अनेरास्ववियुले विद्यार्थीहरुलाई नया सृजनशील र उत्पादनशील अभियानमा जोड्नका लागि प्रविधिको उच्चतम प्रयोग गर्दै हामीसँग भएको प्राकृतिक श्रोत साधनको प्रयोग गरेर कसरी आत्मनिर्भर बन्न सकिन्छ, कसरी आम्दानीसँगै जोडिन सकिन्छ र हरेक विद्यार्थीलाई सैद्धान्तिक र व्यावहारिक ज्ञानसङ्ग जोड्न सकिन्छ, सातवटा प्रदेश मध्य कुन प्रदेशमा के कुराको सम्भावना छ त्यसको अध्ययन गरी आफ्नो नजिकको सरकार स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार सङ्ग समन्वय गरी आवश्यक सहयोग लिई विद्यार्थीलाई त्यसको सभावनाको बारेमा विश्वास दिलाउने अभियानमा लाग्न सकिन् । यसका निम्ति अखिलमा कुशल नेतृत्वको आवश्यकता छ।
यतिबेला अनेरास्ववियु सुदूरपश्चिम प्रदेशको अधिवेशन हुँदैगर्दा
हामीसँग भएका ९ वटा जिल्ला, ८८ वटा स्थानीय तह, ७२ वटा बहुमुखी क्याम्पस, करिब १५० वटा +२ क्याम्पस हरु छन् सबै मा अनेरास्ववियु को कमिटी निर्माण हुन्छ। सबै कमिटीहरुमा माथि उल्लेख गरिएका कामहरूमा लागियो भने अखिल अखिल जस्तो बन्छ, अखिलको माध्यमबाट समग्र सुदुरपश्चिमको सुन्दर भविष्यको कल्पना गर्न सकिन्छ। यसका निम्ति हामी त तयार छौ हामीसँग यो सम्पूर्ण काम गर्ने योजना छ, काम गर्न सक्ने जुनुन छ, र हामीले यो भन्दा अगाडि नेतृत्व गरेर आएको तथ्यपनी छ महत्वपूर्ण कुरा त के छ भने अहिले सुदुरपश्चिम प्रदेशमा विद्यार्थीबाट निर्वाचित विद्यार्थी नेताहरु २१ वटा स्ववियु अध्यक्ष सहित अन्य क्याम्पसमा पदा सहित ४० वटा क्याम्पसको नेतृत्व हामीले गरिरहेका छौ।
यसलाई सदुपयोग गर्न सकियो भने अखिल सुदुरपश्चिमले अखिलमा नया आयाम ल्याउन सक्छ। यसका निम्ति म त तयार छु मेरी नेतृत्वलाई पनि तयार हुन अपिल गर्दछु।
यमराज जोशी
सुदूरपश्चि विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पस
स्वतन्त्र विद्यार्थी युनियन अध्यक्ष तथा अनेरास्ववियुको विद्यार्थी नेता