सुदूर नेपाललाई विश्वसँग जोड्दै

समाजवादी पार्टी नेपालका पदाधिकारी र केन्द्रिय सदस्यहरुले लिए सपथ

२०७६ वैशाख २४, ०८:५८ खबर संवाददाता

नवगठित समाजवादी पार्टी,नेपालका अध्यक्ष उपेन्द्र यादवले पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका छन्। मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच अध्यक्ष यादवले केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सपथ गराएको हो। त्यसअघि उनले पार्टीका जेष्ठ सदस्य प्रेम कृष्ण पाठकबाट पद तथा गोपनियताको सपथ लिएका थिए।

सपथग्रहणपछि मंगलबार नै पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठकले प्रक्रिया पूरा गरेर निर्वाचन आयोगमा दल दर्ता गर्ने र सबै प्रदेशमा जागरण सन्देश अभियान सञ्चालन गर्ने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए। नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टी मिलेर समाजवादी पाटी नेपाल बनेको हो। एकीकरणपछि संघीय परिषदका अध्यक्षमा डाक्टर बाबुराम भट्टराई छन भने पार्टी अध्यक्ष उपेन्द्र यादव छन्। अध्यक्ष यादवले संघीय परिषदका अध्यक्ष डाक्टर भट्टराईलाई पद तथा गोपनियताको सपथ गराएको थियो।
 

कमेन्ट लोड गर्नुस