नेपाली कांग्रेस बाजुराबाट १३ जना उम्मेदवारको नाम सिफारिस
बजुराः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बाजुराले १३ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराले गत शुक्रबार आफ्ना सम्पूर्ण पदाअधिकारी तथा सदस्यहरुको आम भेला गरी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाजुरादेखि प्रतिनिधि सभाका लागि छ जना समानुपातिकमा पाँच र राष्ट्रिय सभाका लागि दुई जनाको नाम सिफारिस गरिएको हो ।
जसमा रामसिंह रावल, कविराज पण्डित, जनकराज गिरी, जगतजङ्ग बम गुरुदेव केसी सुमन र योगेन्द्र रावल गरी छ जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराले जनाएको छ ।
यसैगरी, निर्मला कुमारी रावल कार्की, विद्या देवि टिमिल्सेना, महाँ नपाली, राधिका सिंह र सुनिता गुरुङ्ग गरी पाँच जनाको समानुपातिकका लागि सिफारिस गरिएको छ । त्यस्तै, देवराज जोशी र खम्बहादुर खाती गरी दुई जनाको राष्ट्रिय सभाका लागि सिफारिस गरिएको कांग्रेस जिल्ला कार्यसमिति बाजुराका सभापति रामसिंह रावलले बताउनुभयो ।
उनले भने “हामीले ठोस रुपमा एक जनाको नाम मात्र केन्द्रमा पठाउँने गरी नेपाली कांग्रेसका पदाधिकारी तथा सबै सदस्यहरुको जिल्ला भेला गरिएका थियौ । त्योे भेलामा धेरै जना आकाङ्क्षी देखिएपछि अहिले ती सबैको सिधै केन्द्रमा सिफारिस गरिएको हो ।”
हामीले यतादेखि प्रतिनिधि सभामा छ जना र समानुपातिकमा पाँच र राष्ट्रिय सभामा दुई जना गरी १३ जनाको नाम सिफारिस गरिएर केन्द्रमा पठाएको सभापित रावलले बताएका छन्।