सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वोच्चका नवनियुक्त न्यायाधीश शर्माविरुद्ध परेको रिट खारेज

। फोटो स्रोत ।
२०७६ वैशाख २४, ०८:३७ खबर संवाददाता

सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीश मनोजकुमार शर्मा्विरुद्ध परेको रिट खारेज भएको छ। सर्वोच्चका न्यायाधीश तेजबहादुर केशीले निवेदकको माग दाबी नपुग्ने भन्दै रिट खारेज हुने फैसला गरेको हो। वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्चमा न्यायाधीश बन्नका लागि आवश्यक पर्ने योग्यता शर्मासँग नभएको दाबी गर्दै शर्मालाई न्यायाधीशमा सिफारिस गर्ने प्रधानन्यायाधीश तथा न्यायपरिषदका अध्यक्ष चोलेन्द्र शमशेर राणासहितलाई विपक्षी बनाएर रिट दायर गरेको थियो।

कमेन्ट लोड गर्नुस