सुदूरपश्चिमका ९ क्षेत्रमा रास्वपाको अग्रता, अन्यमा को अगाडी?
धनगढीः सुदूरपश्चिममा ९ ठाउँमा रास्वपाले अग्रता लिएको छ। यस्तै एमाले र कांग्रेसले ३÷३ र नेकपाले १ ठाउँमा मात्रै सुरुवाती अग्रता लिएको छ।
प्रदेशका १६ वटा निर्वाचन क्षेत्र मध्ये अहिलेसम्म रास्वपाले कञ्चनपुरका तीन, कैलालीका १, ३, ४, र ५ मा पनि अग्रता लिएको छ। यस्तै, रास्वपाले डडेलधुरा र बैतडीमा पनि अग्रता लिएको छ। कैलाली–२, अछाम–२ र बझाङमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ। यस्तै, मतगणना जारी रहेको दार्चुला, बाजुरा, डोटीमा कांग्रेसले सुरुवाती अग्रता लिएको छ। अछाम–१ मा भने नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएको छ।