कालीकोटमा नेकपाका महेन्द्रबहादुर शाही विजयी
कालीकोटः कालीकोटबाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। उनले ११ हजार ३३८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचन ९नेपाल०मा पनि शाही यही क्षेत्रबाट विजयी भएका थिए।
यस निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का नगिन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका हर्षबहादुर शाहीले ७ हजार १३३ मत प्राप्त गरेका छन्।
योसँगै नेकपाले प्रतिनिधिसभा निर्वाचनमा दोस्रो जीत हासिल गरेको छ। यसअघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट विजय हासिल गरेका थिए।