सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वोच्च अदालतद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश

२०८२ फाल्गुन २२, ०६:३४ खबर संवाददाता

काठमाडौँ: सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश महेश शर्मा पौडेलको इजलासले शुक्रबार प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो।

प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश दिएको हो।

पटक–पटक पक्राउ पर्दै आएका उनलाई प्रहरीले केही दिनअघि भक्तपुरस्थित उनको घरबाटै पक्राउ गरेको थियो।

कमेन्ट लोड गर्नुस