सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भयो अभिनेत्री दीपिका र निर्देशक दिवाकरको बिबाह

२०७६ वैशाख २४, ०७:१२ खबर संवाददाता

अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराईको बिबाह भएको छ। कैलालीको अत्तरियामा उनी दुईको बिबाह भएको हो। केहि बर्ष सम्मको प्रेम सम्वन्धपछि दुवै जना विवाह बन्धनमा बाधिएका हुन्। अभिनेत्री तथा मोडल दिपिका प्रसाईको जन्म वि.स. २०५३ कात्तिक २३ गते शुक्रबार पश्चिम नेपाल कैलालीको अत्तरियामा भएको थियो। दिपिका पढाईका लागि काठमाडौ गएपछि १२ कक्षासम्मको पढाई गर्दा गर्दै सामाजिक सञ्जाल फेसबुकमा मोडलिङ गरेका फोटोहरु हालेपछि उनलाई फिल्मको अफर आउन थालेको थियो।

तर घर परिवार र स्वयम आफुले पनि स्नातक सकेपछि मात्रै फिल्ममा अभिनय गर्ने सोच उनको थियो। दिपिकाको डेब्यु फिल्म ‘ऐश्वर्या’मा अभिनेता रमेश उप्रेतीसँग स्क्रिन सेयर गरेपछि उनी चर्चामा आएकी हुन्। दीपिकाको परिवारमा कोही पनि रंगीन दुनियासँग सम्बन्धि नभए पनि उनलाई परिवारवाट राम्रो सहयोग भएका कारण ग्ल्यामरको क्षेत्रमा लाग्न प्रेरित गरेको छ।

कमेन्ट लोड गर्नुस