सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँ जिल्ला अदालतबाट हतकडीसहित एक जना थुनुवा फरार

२०८० पुष १८, ०४:३१ खबर संवाददाता

काठमाडौँः जिल्ला अदालत काठमाडौँ परिसरबाट एक जना थुनुवा फरार भएका छन्।

बुधवार दिउँसो करिब १ बजे ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।

खड्कालाई लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भूले पक्राउ गरेको थियो। फरार खड्काको खोजी भइरहेको परिसरका डिएसपी अमरबहादुर थापाले बताए।
 

कमेन्ट लोड गर्नुस