सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज विश्वभर भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

२०८२ मंसिर २३, १२:०३ खबर संवाददाता

धनगढी: आज विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रमसहित मनाइँदै छ। यस वर्षको दिवसको विषयवस्तु ‘युवासँग एक भएर भ्रष्टाचारविरुद्ध लडौँः भोलीको इमान्दार समाज निर्माण गरौँ’ निर्धारण गरिएको छ, जसले पारदर्शी र निष्पक्ष समाज निर्माणमा युवाहरूको महत्वपूर्ण भूमिकालाई जोर दिन्छ।

संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि प्रतिवर्ष डिसेम्बर ९ लाई भ्रष्टाचार विरुद्धको दिवसका रूपमा मनाउन थालिएको हो। नेपालले भने उक्त महासन्धीलाई सन् २०११ मा अनुमोदन गरेको हो।

भ्रष्टाचार उन्मूलनका उद्देश्यले यो दिवस मनाइँदै आए पनि, वर्षौँदेखि निरन्तर रूपमा मनाइँदा–मनाइँदै पनि भ्रष्टाचार अन्त्य हुन नसक्नु र बरु अझ मौलाउँदै जानु भने चिन्ताजनक विषय बनेको छ।
 

कमेन्ट लोड गर्नुस