सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभाको बैठक सुरू

२०८३ असोज ७, ११:४३ रासस

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ ।

बैठकमा अहिले आकस्मिक समयमा सांसदहरूले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराइरहनुभएको छ ।
बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । 


कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
सङ्घीय संसद् सचिवालयका अनुसार आजका लागि निर्धारित विभिन्न समितिका बैठक स्थगन भएका छन् ।
 

कमेन्ट लोड गर्नुस