सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाल्मिकी प्लस टू राइजिङ स्टार प्रिमियर लिग: आज चार खेल सम्पन्न

२०८२ मंसिर २४, ०३:२४ खबर संवाददाता

धनगढी: मट्यारीस्थित श्रीकृष्ण सामुदायिक वनको खेलमैदानमा जारी ‘बाल्मिकी प्लस टू राइजिङ स्टार प्रिमियर लिग’ (आरपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज चार खेल सम्पन्न भए, जसमा दुन एकेडेमी, ग्ली एकेडेमी, एरिस्टो स्कुल र स्टेपिङ स्टोन विजयी बने।

पहिलो खेलमा दुन एकेडेमीले ब्राइटवे पब्लिक स्कुललाई ३३ रनले पराजित ग¥यो। निर्धारित ९.३ ओभरमा ९३ रन बनाएको दुनका विरुद्ध ब्राइटवेको टोली १० ओभरमा ६८ रनमै सीमित भयो।

दोस्रो खेलमा ग्ली एकेडेमीले शैलेश्वरी स्कुललाई २५ रनले हरायो। ग्लीले १० ओभरमा ५ विकेट गुमाएर ९३ रन बनायो भने शैलेश्वरीले १० ओभरमा ८ विकेट गुमाउँदै ६८ रन मात्र बनाउन सक्यो।

तेस्रो खेलमा एरिस्टो स्कुलले सिद्दार्थ विद्या निकेतनलाई ६५ रनले पराजित गर्‍यो। एरिस्टोले १० ओभरमा १३५ रन जोड्दा सिद्दार्थ ७० रनमै समेटियो।

चौथो खेलमा स्टेपिङ स्टोन ४१ रनले विजयी भयो। १० ओभरमा ९१ रन बनाएको स्टेपिङका विरुद्ध वैसेशिक पाठशाला ८.३ ओभरमा ५० रनमै अल आउट भयो।

राइजिङ स्टार बोर्डिङ स्कुलको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा ८ कक्षामुनिका २४ टिम सहभागी छन्। स्कुलका प्रबन्ध निर्देशक कलेन्द्र शाहीका अनुसार विजेताले नगद ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार र उत्कृष्ट ब्याटर, बलर तथा उदयमान खेलाडीलाई २–२ हजार रुपैयाँ प्रदान गरिनेछ।
 

कमेन्ट लोड गर्नुस