सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालकुमारी घटनाः मृतकका परिवार र सरकारबिच चारबुँदे सहमति

२०८० पुष १६, ०९:२४ खबर संवाददाता

काठमाडौँः बालकुमारी घटनामा ज्यान गुमाएका परिवार र सरकारपक्षबिच सोमवार चार बुँदे सहमति भएको छ।

गृह मन्त्रालयमा आज भएको सहमतिअनुसार मृतकको परिवारलाई परिवारको सल्लाहमा एक–एक जनालाई उपयुक्त खालको रोजगारीको ब्यवस्था गराउने, सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने, मृतक विरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणा गर्न आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने र मृतकको परिवारले सोमवार नै शव बुझिलिने,  मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पु¥याउने प्रवन्ध गृहमन्त्रालयले मिलाउने सहमति भएको छ।

सोमबारको मन्त्रीपरिषद् बैठकले घटना छानबिनका लागि उच्चस्तरीय समिति बनाएको र गृहमन्त्री श्रेष्ठले राज्यव्यवस्था समितिको बैठकमा उच्चस्तरीय समितिको सुझाव तथा प्रतिवेदनबमोजिम दोषीलाई कार्वाही गरिने प्रतिबद्धता जाहेर गरेका छन्। दुई पक्षबिच भएको सहमतीपत्रमा नेपाल सरकारको तर्फबाट गृहमन्त्रालयका उपसचिव उमाकान्त अधिकारी तथा मृतक परिवारको तर्फबाट मृतक विरेन्द्रका बुवा टेकबहादुर शाह र मृतक सुजनका मामा टेकबहादुर कटुवालले हस्ताक्षर गरेका छन्।
 

कमेन्ट लोड गर्नुस