सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको घोडाघोडीमा सकियो माओवादीको तीन महिने रूपान्तरण अभियान

२०८० पुष १६, ०९:१४ खबर संवाददाता

धनगढीः नेकपा माओवादी केन्द्रले पार्टी सुदृढीकरण तथा नयाँ ऊर्जाका लागि थालेको ३ महिने रूपान्तरण अभियान अन्तर्गत घोडाघोडीमा सम्पन्न भएको छ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रूपान्तरण अभियानका कैलाली इन्चार्ज टेकेन्द्र भट्टको प्रमुख आथित्यतामा भएको अभियान समापन समारोहमा विभिन्न संस्कृति झल्कने झाँकी समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले संविधानको रक्षा तथा समृद्ध नेपालको परिकल्पना माओवादीको नेतृत्वमा मात्र सम्भव रहेको बताए।

रूपान्तरण अभियान घोडाघोडीका इन्चार्ज तथा माओवादी केन्द्रकी केन्द्रीय सदस्य विमला सिंहले घोडाघोडी माओवादीको आधार भूमि र बलियो क्षेत्र रहेको जिकिर गर्दै यहाँका जनताले हरेक क्षेत्रमा माओवादीको नेतृत्वको आसा गरेको बताइन्। नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सवले पार्टी बलियो बनाउन रूपान्तरण अभियानले इट्टा थपेको बताए। उनले माओवादी बलियो भए समृद्धिको परिकल्पना पूरा हुने भन्दै माओवादीलाई साथ दिन जनतालाई आग्रह गरे।

माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य शिवराज चन्दले माओवादीको दश बर्से जनयुद्धको जगमा देशमा संसारकै राम्रो व्यवस्था गणतन्त्र स्थापना भएको भन्दै यो व्यवस्थाको रक्षा माओवादीले मात्र गर्न सक्ने बताए। 

कमेन्ट लोड गर्नुस