सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र डोटीमा एसईई आइडलका दुई अडिसन सम्पन्न

२०८० पुष १४, ०८:०२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आइडल सिजन ३ का दुई अडिसन सम्पन्न भएका छन्।

शनिवार प्रदेश युवा परिषद एसईई आइडलको १८ औं अडिसन कैलाली जिल्लाको चुरे गाउँपालिका–१ मा रहेको शिव माध्यामिक विद्यालयमा सम्पन्न भएको छ। त्यसैगरी १९ औं अडिसन डोटी जिल्ला जोरायल गाउँपालिका–६ मा रहेको दुर्गा माविमा सम्पन्न भएको छ। शनिवार शिव माविमा सम्पन्न अडिसनमा गाएन र नृत्य विधामा १९ जनाको सहभागिता रहेको थियो। दुर्गा माविमा भएको १९ औं अडिसनमा नृत्य र गायन विधामा २० जनाले सहभागिता जनाएका थिए।

दुबै अडिसनमा सहभागि प्रतिस्पर्धीहरुलाई छात्रवृत्ति कुपन र एसईई सहयोग पुस्तिका निशुल्क रुपमा वितरण गरिएको थियो। १९ औं अडिसनमा दुर्गा माविका शिक्षक गणेश बमले यस्ता किसिमका प्रतिस्पर्धाका कार्यक्रमहरु बाहिर अन्य संस्थाले गर्नुका साथै विद्यालय तथा पालिकाहरुले आफैले पनि गर्नुपर्ने कुरामा जोड दिए। एसईई आइडल ३ का सुपका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना हुँदैछन्।

यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन्। यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन्। असोज देखि फाल्गुन सम्म सुदुरपश्चिम प्रदेशका ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन्।
 

कमेन्ट लोड गर्नुस