सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुस १५ मा थारु म्युजिक भिडियो पन्छी सार्वजनिक हुँदै

२०८० पुष १४, ०४:११ खबर संवाददाता

धनगढीः पुस १५ को अवसर पारेर थारु भाषाको लोकप्रिय गित “पन्छी“ को म्युजिक भिडियो सार्वजनिक हुने भएको छ।

सि.एस. फिल्मस् यु ट्युव च्यानलबाट सार्वजनिक हुने गितमा थारु मेगा स्टार संगत थारु, नायिका तथा मोडेल सनु चौधरी को अभिनय हेर्न सकिनेछ भने दुई जना नया जोडीको पनि डेभ्यु हुँदै छ। अजय राना र स्मिता पछल्डंगियाले नया जोडीको रुपमा डेभ्यु गरेका छन्। यिनिहरुको अभिनय हेर्नका लागि पहिलो पटक प्रकाशन गरेको पोस्टरबाट नै धेरै राम्रोे प्रतिकृया आईरहेको छ

पहिलो पटक थारु म्युजिक भिडियोको छायांकन छिमेकि राष्ट्र भारतको रमणिय एवं पर्यटकिय क्षेत्र नैनीतालमा भएको निर्माण पक्षले जनाएको छ। अडियोबाटै चर्चा पाएको गितलाई छायांकन तथा सम्पादन सतिश कुमार सिन्हाले गरेका छन् भने निर्देशन सुधराम दहितको रहेको छ।

गायक आर.के. थारु र गायिका अन्नु चौधरीको स्वरमा रहेको गितको भिडियोमा ईजरायल हमास आक्रमणबाट नेपालीले भोगेको पीडा देखाउन खोजिएको निर्देशक सुधराम दहितले बताएका छन्। भिडियोमा एक खुसि परिवारको युवा जिम्वारी बोकी विदेशीयको चित्रण गिरएको पनि उनले बताए।
No description available.

कमेन्ट लोड गर्नुस