सुदूर नेपाललाई विश्वसँग जोड्दै

राज्यको गोप्यता भंग गरेको आरोपमा जेल परेका पत्रकारद्वय रिहा

२०७६ वैशाख २४, १२:५१ खबर संवाददाता

अन्तर्राष्ट्रिय समुदाय र कूटनीतिक क्षेत्रको व्यापक दबावपछि म्यानमानरले दुई पत्रकार रिहा गरेको छ। राज्यको गोप्यता भंग गरेको आरोपमा जेल परेका पत्रकारद्वय वा लने र क्याव साई मंगलबार रिहा भएको रोयटर्सले जनाएको छ। सात वर्षको जेल सजाय सुनाइएका दुवै पत्रकारलाई राष्ट्रपति विन मिन्टले आममाफी दिएका हुन।

२०१७ डिसेम्बरमा पक्राउ परेका उनीहरू पाँच सय दिन भन्दा बढी जेलमा बसे । रोयटर्समा कार्यरत उनीहरूले १० लाख रोहिंग्या मारिको ‘राखिने’ प्रान्तमा खोजमुलक रिपोर्टिङ गरेका थिए तर, त्यहाँको सरकारले गोप्यता भंग गरेको आरोप लगाउँदै उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो। जसमा अदालतले ७ वर्ष जेल सजायको फैसला सुनाएको थियो। दुई पत्रकारमाथि गरिएको फैसलालाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रुपमा हेरिएको थियो। साथै यो घटनापछि म्यानमारको प्रजातन्त्रमाथि पनि विश्व समूदायले प्रश्न उठाएको थियो।

पत्रकार वालेले रिहाइपछि पुनः समाचार कक्षमा गएर पत्रकारितालाई निरन्तरता दिने बताएका छन्। दुई पत्रकारसँगै म्यानमारका हजारौं कैदीहरुले पनि आममाफीको सुविधा पाएका छन्। म्यानमारमा हरेक नयाँ वर्षको अवसरमा राष्ट्रपतिले आममाफी दिने प्रचलन छ। त्यही प्रचलन अनुरुप २ पत्रकारसहित हजारौं कैदीबन्दीले आममाफी पाएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

 

कमेन्ट लोड गर्नुस