सुदूर नेपाललाई विश्वसँग जोड्दै

यती एयर दुर्घटनामाः मानवीय त्रुटि भएको आयोगको ठहर

२०८० पुष १२, ०४:२२ खबर संवाददाता

काठमाडौंः  २०७९ गत माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्षसहित दुर्घटना जाँच आयोगले बिहीवार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ।

यती एयरलाइन्सको एटीआर ७२९ एन–एनएनसी जहाज दुर्घटनामा परी ७२ जनाको निधन भएको थियो। उक्त दुर्घटनामा चालक दलको कमजोरी रहेको दुर्घटना जाँच आयोगको निष्कर्ष रहेको छ। नेपाली आन्तरिक हवाई उडानको यो सबैभन्दा विनाशकारी दुर्घटना हो। दुर्घटनाको कारणमा जहाजका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको थियो।

त्यस अवस्थामा जहाज अगाडि बढ्न सक्दैन। जसले गर्दा जहाज भुइँमा झरेको थियो। यसो हुनुमा मानवीय कारण दोषी मानिएको छ। आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले जानेर वा नजानेर पाइलटका कारण जहाज फेदरिङ भएको र सोही कारण जहाज दुर्घटनामा परेको निष्कर्ष दुर्घटना जाँच आयोगको रहेको बताए।
 

कमेन्ट लोड गर्नुस