सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुगौली सन्धि एक जानकारी

२०८० पुष १०, ०६:४१

जब नेपालका विभिन्न भू-भागहरू बेचिन्छन्, नदीनाला बेचिन्छन्, सन्धि सम्झौता हुन्छन्, तब मात्र हामी नेपालीहरू २१० वर्ष पुरानो सुगौली सन्धिको कुरा गर्छौं। सुगौली सन्धिको कुरा गरे पनि सुगा‌ली सन्धि भनेको के हो? यो सन्धि कहिले, किन र कसरी भएको थियो भनेर यो मुद्दा उठानगर्ने नेता, वकिल तथा कार्यकर्ताहरूलाई पनि जानकारी कमै हुनसक्छ भन्ने यो पङ्क्तिकारको ठम्याई छ।

लामो समयको खोज र विभिन्न दस्तावेजहरूको अध्ययन पश्चात् मैले पढेर बुझेको आधारमा सुगौली सन्धि सम्बन्धी सारांश पाठकसमक्ष पेशगर्ने धृष्टता गरेको छु। यो सन्धि सम्बन्धी धेरै जानकारी मसँग पनि छैन है। यो सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश कम्पनी पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्स थिए। यदि २१० वर्षे सन्धि सधैभरि कार्यान्वयनमा आउने भए कालापानी, सुस्ता, टनकपुर किन बेचिए त? भन्ने जिज्ञासा मात्र हो। यो देशमा राजनीति गर्नकोलागि ज्ञान तथा शिक्षाको आवश्यकता नपर्ने रहेछ सायद! जसले धुर्त्याईं गर्न सक्छ, मिठामिठा कुरा र भाषणगर्न सक्छ, भ्रष्टाचार ठगि गर्न सक्छ, कुनै पार्टीको अगुवाको चाकरी गर्न सक्छ, उहीँ मान्छे जनताको नेता बन्न सक्षम हुन्छ र जनताले पनि त्यही मानिसलाई नेता चुनेर पठाउने रहेछन्। त्यसैले यदि राजनीति गर्नु छ भने ज्ञान आर्जनको खासै महत्त्व देखिएन। यसरी टिप्पणी गर्दा मैले कुनै नेतालाई गिज्याएको भने अर्थ नलागोस्। तर, नेताहरूद्वारा जनतालाई झुटमुट, व्यवहारमा ब्रह्मलुट भएको मेरो ठम्याइ छ ।

सुगौली सन्धि नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो। जसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो। यो सन्धिमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाल बीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो।

यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो। सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश कम्पनी पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्स थिए।

सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौँमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वञ्चित हुनुपर्यो । यस अघि फ्रान्सका कमाण्डरहरूलाई नेपाली सेनालाई तालिम दिने काममा लगाइन्थ्यो। यस सन्धिमा एक तिहाई भू-भाग नेपालले गुमाउनु पर्यो। यस अन्तर्गत दार्जिलिङ सिक्किमको क्षेत्र पनि पर्दछ। यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए। नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउँ वर्तमान उत्तराखण्ड,गढवाल, सतलज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा वर्तमान हिमाञ्चल प्रदेश र तराई क्षेत्रका धेरै भागहरू पर्दछन्।

तराई क्षेत्रका केही भागहरू सन् १८१६ मा नेपाललाई फर्काइयो र सन् १८५७ को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरू हालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर सन् १८६५ मा नेपाललाई फर्काइयो जसलाई नयाँ मुलुक भनिन्छ।

सुगौली सन्धिपछि नेपाल अधिराज्यमा प्रवेश पाउने ब्रिटिश प्रतिनिधि एडवार्ड गार्डनर नैं प्रथम पश्चिमी प्रतिनिधि हुन्। उनी उत्तर काठमाडौँको एउटा परिसरमा बसे, जुन परिसरलाई लाजिम्पाट भनिन्छ र अहिले यहाँ भारत र बेलायतको दूतावासहरू छन् । सुगौली सन्धिलाई सँच्याउने अर्को सदाको निम्ति शान्ति एवं मैत्री सन्धि डिसेम्बर १९२३ मा भयो जसमा ब्रिटिश प्रतिनिधिलाई ब्रिटिश राजदूतको दर्जा दिइयो । भारत स्वतन्त्र भएपछि भारत र नेपाल बीच ताजा सम्बन्ध राख्न अलग्गै सन्धि गरियो।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि हो। तर भारतले यो क्षेत्र झण्डै ७०/७५ बर्षदेखि कब्जा जमाउँदै आएको छ। भारतले उक्त भूमि नेपाललाई सहजै फिर्ता गर्ला भन्ने कुरामा शंका छ। अर्को कुरा उक्त क्षेत्रमा बसोबास गर्ने जनसमुदायले सम्पूर्ण सेवा सुविधा भारतबाट नै उपभोग गरिरहेको अवस्थामा ती नागरिकहरू आफूलाई नेपाली भन्न मन पराउलान् कि भारतीय भन्न? नेपालले भूमि आफ्नो भनेर दाबी गरी रहँदा ती नागरिकहरूको बसोबासको बन्दोबस्त कुन देशले मिलाउँछ? तर, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि हो। सुगौली सन्धि लगायतका सन्धि सम्झौतामा पनि नेपाल भारतको पश्चिमोत्तर सिमाना बारेमा स्पष्ट उल्लेख गरिएको छ।

सुगौली सन्धि र जारी नक्शाहरूले भन्छस् लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो। अहिलेको विशाल भारत नै नबनेका वेला, २०४ वर्षअघि ब्रिटिश इण्डिया र नेपालबीच भएको सुगौली सन्धि र जारी नक्शाहरूका आधारमा प्रष्ट भन्न सकिन्छ–कालापानी मात्र होइन, लिपुलेक र लिम्पियाधुरा समेत नेपाली भूमि हो।

ऐतिहासिक तथ्य, प्रमाण र आधारहरूले नेपालको पश्चिमोत्तर सीमा लिम्पियाधुराबाट निस्किने काली नदी हो भन्ने पुष्टि गर्दछन्। तर, समयक्रममा काली नदी वरको लिपु खोलालाई सीमा भनियो। अहिले त त्यसभन्दा पनि यताको सानो कृत्रिम खोल्सालाई नै नेपालको सीमा भन्दै नेपाली भूमि कालापानीमा भारतीय सेनाको फौज बसिरहेको छ। भारतले केही महिना अघि जारी राजनीतिक नक्शामा समेत आफ्नो सरहद भित्र पारेको यही नेपाली भूमी भएर चीनको मानसरोवर जाने बाटो निर्माण गरेको छ।

भारत र नेपालका सीमा सम्झौतामध्ये सुगौली सन्धि सबैभन्दा महत्वपूर्ण छ। पूर्वमा टिष्टा, पश्चिममा काँगडा र दक्षिणमा गंगा मैदानसम्म फैलिएको नेपाललाई एक तिहाइमा खुम्च्याउने त्यही सन्धि थियो। सन् १८१५ मा हस्ताक्षर भई एक वर्षपछि लागु भएको सुगौली सन्धिपछि पनि पूर्व तथा दक्षिणमा नेपालले केही भूभाग प्राप्त गरेको थियो। सन् १९२० मा शारदा ब्यारेज निर्माण गर्दा केही जमीन आदान–प्रदान भएबाहेक पश्चिमी सीमा फेरबदल भएकै छैन। यस आधारमा सुगौली सन्धिले गरेको प्रबन्धबाहेक दुई देशबीच सीमाबारे कुनै अर्को सन्धि, सम्झौता वा समझदारी गरिएको छैन ।

सुगौली सन्धिको धारा ५ मा नेपाल र भारतबीचको सीमा प्रष्ट निर्धारण गरिएको छ, भनिएको छ कि ‘नेपालका राजा आफ्नो, आफ्ना सन्तानको र उत्तराधिकारीहरूको काली नदीदेखि पश्चिमपट्टिको दावा परित्याग गर्दछन् र कहिल्यै पनि त्यस देशका र त्यहाँका नागरिकका बारेमा अब उप्रान्त सरोकार राख्ने छैनन्।’ यसको अर्थ सन्धिले काली नदी नै नेपाल–भारतको सीमा भएको प्रष्ट हुन्छ ।

क्रमश...

  स्रोत सामग्रीः

पन्त, दयाकृष्ण  ९२०६७०, दार्चुलाको इतिहास महेन्द्रनगर ।

बडु, ईश्वरदत्त  ९२०७१०, दुहूँ क्षेत्रमा प्रचलित पौराणिक लोकगाथाहरूको अध्ययन स्नातक शोधपत्र ने/स वि।वि। शारदा विद्यापीठ महेन्द्रनगर कञ्चनपुर।

भट्ट, काशीदत्त ९२०४३०, मालिकार्जुन भक्तिखण्ड काव्य हरिद्धार स् फैन्डस प्रिन्टिङ प्रेस ।

                      मान सिंह धामी (भौनबाटी)

                           उप(प्राध्यापक

                  कैलाली बहुमुखी क्याम्पस, धनगढी

                स्थायी ठेगाना स् मालिकार्जुन गाउँपालिका           

                              दार्चुला

कमेन्ट लोड गर्नुस