यूएईबाट नेपाल आएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला
काठमाडौँः संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहबाट काठमाडौँ आएको विमानको शौचालयमा नवजात शिशुको शव फेला परेको छ। बुधवार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला परेको त्रिभुवन विमानस्थल, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता सुवास झाले बताए।
नवजात शिशु बालिका भएको र के कारणले यस्तो भएको हो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ। सोही विमानमा आएकी एक महिला अस्वस्थ छिन्। उनलाई प्रहरीले अस्पताल लगेकोे बताइएको छ।