सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिबियामा जारी युद्धमा एक सय ५७ जनाको मृत्यु, एक हजार बढी घाइते

। फोटो स्रोत ।
२०७६ वैशाख २२, ०३:५८ खबर संवाददाता

लिबियाको राजधानी त्रिपोलीको दक्षिणी क्षेत्रमा केही वर्ष देखि जारी रहेको युद्धमा एक सय ८७ जनाले ज्यान गुमाएका छन् भने,  एक हजार एक सय ५७ जना घाइते भएका छन।  लिबियाली ‘सरकारले कैयौं घाइतेहरुको उपचारका लागि ट्युनिसिया, टर्की, इटाली र युक्रेनमा स्थान्तरण गरेको चिकित्सा क्षेत्र अन्तर्गत सरकारी बलका प्रमुख तारेक अल महशिरील जानकारी दिए। राजधानी त्रिपोलीमा नियन्त्रणका लागि पूर्वी लिबियाका सैन्य कमाण्डर खलिफा हफ्तरले सुरु गरेको आक्रामक अभियान पनि पाँचौ हप्ता पुगिसकेको छ। 

संयुक्त राष्ट्र समर्थित सरकार (जीएनए) ले शनिबार जारी गरेको बयानमा भनिएको छ, ‘सन् २०१४ को लिबिया गृहयुद्धमा ज्यान गुमाएका सात सय १० जनालाई शहीद घोषणा गरिएको थियो।’ लिबियाको बिग्रँदो सुरक्षा स्थितिलाई देखेर अन्तर्रा्ष्ट्रिय शक्तिहरुले त्यहाँबाट आफ्ना सुरक्षाकर्मीहरु हटाउन सुरु गरिसकेका छन्। लामो समयसम्म लिबियामा शासन गरेका मुअम्मर गद्दाफी सन् २०११ मा मारिएपछि लिबियामा हिंसा र राजनीतिक अस्थिरता कायम छ।  
 

कमेन्ट लोड गर्नुस