सुदूर नेपाललाई विश्वसँग जोड्दै

तराईमा हुस्सु/कुहिरो, सुदूरपश्चिमसहित चार प्रदेशमा आंशिक बदली

२०८० मंसिर ३०, ०७:४४ खबर संवाददाता

धनगढीः नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको तराईको थोरै स्थानहरुमा हुस्सु÷कुहिरो लागेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यस्तै राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम  सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस