सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरीका किसानले पाए पहिलोपटक परिचयपत्र

२०८० मंसिर २९, १२:४२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको एक पालिकाले किसानलाई परिचयपत्र वितरण गरेको छ।

बेलौरी नगरपालिकाले किसानलाई परिचयपत्र वितरण गरेको हो। बुधबार एक कार्यक्रमबिच तरकारी उत्पादक किसानलाई परिचयपत्र वितरण गरिएको छ। बेलौरी नगरका मेयर पोतीलाल चौधरीले तीन वडाका ७५ व्यावसायिक रूपमा तरकारी उत्पादक किसानलाई परिचयपत्र वितरण गरेको बताए। मेयर चौधरीका अनुसार ३, ५ र ९ का तरकारी उत्पादक किसानलाई परिचयपत्र वितरण गरिएको छ।

स्थानीयसहित धनगढी, अत्तरिया, महेन्द्रनगरसहितका बजारमा आफूले उत्पादन गरेको तरकारी बेच्नका लागि सहज गराउने, किसान पहिचान गर्न, उत्साहित गराउन, तरकारी सहजै बिक्री–वितरणका लागि किसानलाई परिचयपत्र वितरण गरिएको मेयर चौधरीले बताए। किसान परिचयपत्र पाएपछि बेलौरीका किसान हर्षित भएका छन्।

कमेन्ट लोड गर्नुस