सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘नयाँ समझदारी गरेर देशलाई अगाडि लैजान आवश्यक छ’

२०८० मंसिर २८, ०६:०० खबर संवाददाता

कैलाली: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लैजानुको विकल्प नरहेको बताएका छन्। राप्रपाद्वारा आज कैलालीको पहलमानपुरमा आयोजित आमसभामा अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्था र अवस्था बदल्नका लागि पार्टी संवैधानिक राजासहितको प्रजातन्त्रका पक्षमा रहेको बताए। 

उनले भने, 'राप्रपा पछाडि फर्किने पनि होइन,पहिलेको र अहिलेको व्यवस्थामा जाने पनि होइन, सम्झौता र सहमति गरेर नयाँ व्यवस्थामा जानुपर्छ।' उनले देशलाई कमजोर अवस्थामा पुर्याएर बेथिति बढाउनमा तीन ठूला दल जिम्मेवार रहेको आरोप लगाए।

राप्रपाका महामन्त्री धवलशम्शेर राणाले व्यवस्था र नेतृत्व परिवर्तन गरी देशमा परिवर्तन ल्याउन पार्टीले अघि बढाएको आन्दोलनमा सहयोग गर्न आग्रह गरे। आमसभामा सो पार्टीका उपाध्यक्ष राजेन्द्र मिश्र र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले पनि बोलेका थिए। 

कमेन्ट लोड गर्नुस