सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

२०८० मंसिर २४, ०१:२७ खबर संवाददाता

धनगढीः कैलालीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–८ स्याउलेमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। सुदूरपश्चिम प्रदेश ०१००१ ह ३४८४ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर दुर्घटना हुँदा चालक करिब ३४ वर्षीय चक्र सार्कीको मृत्यु भएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा शनिबार राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

कमेन्ट लोड गर्नुस