सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा दीप प्रज्वलन

२०८० मंसिर २३, ०६:३८

धनगढी : भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा धनगढीमा दीप प्रज्वलन गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहकार्यमा सदाचारका लागि सामाजिक पहल कैलालीले शनिबार साँझ धनगढीको पार्क मोडमा दीप प्रज्वलन गरेको हो ।

भ्रष्टाचारविरुद्ध सबै एकजुट हुनुपर्ने सन्देशसहित नागरिकको सहभागीतामा दीप प्रज्वलन गरिएको सदाचारका लागि सामाजिक पहल कैलालीका सचिव गगनराज घिमिरेले बताए । यो संस्थाले भ्रष्टाचारविरुद्ध विभिन्न कार्यक्रम गर्दै आएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस शनिवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

कमेन्ट लोड गर्नुस