सुदूर नेपाललाई विश्वसँग जोड्दै

भादा होमस्टेको अध्यक्षले राखे प्रधानमन्त्री समक्ष तीनबुँदे माग

२०८० मंसिर २३, ०७:५५ खबर संवाददाता

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भादा होमस्टेका  अध्यक्ष लक्ष्मी नारायण चौधरीले तीनबुँदे माग राखेका छन्।

धनगढी उपमहानगरपालिका १६ स्थित आफ्नो घरमा खाना खवाउँदै उनले  उक्त क्षेत्रको विकास र पर्यटन प्रवर्द्धनका लागि माग राखेका हुन्। उनले प्रधानमन्त्रीलाई भादामा रहेको जोगनिया ताललाई पर्यटकिय स्थल बनाउनु पर्ने, स्वच्छ खानेपानीको लागि ट्याङ्की निर्माण गरिदिनुपर्ने र थारु सग्रहालय निर्माण गर्न आग्रह गरेका हुन्।

जवाफमा प्रधानमन्त्री प्रचण्डले सबै माग सम्बोधन गर्ने बताए। सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड धनगढी उपमहानगरपालिका १६ भादामा आयोजित रूपान्तर अभियानमा सहभागी हुन् घसिटा पुगेका थिए। 
 

कमेन्ट लोड गर्नुस