सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘११ः५५’ निर्माण हुने

२०८० मंसिर २१, ०५:२३ खबर संवाददाता

काठमाडौँः चलचित्र ‘११ः५५’ निर्माण हुने भएको छ। बिहीवार एक कार्यक्रमकाबिच घोषणा भएको फिल्ममा केशव पाण्डेको कथा र निर्देशन रहनेछ। महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रज लगायतको अभिनय रहने फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन छ।

क्राइम, थ्रिलर विधामा फिल्म निर्माण हुने लागेको हो। विचित्र फिल्मस्सँग गुड जब आर्ट्सको निर्माण सहकार्य रहेको फिल्ममा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सहनिर्माता रहेका छन्। फिल्मको आफू राम्रो दर्शक भएकोले फिल्म राम्रो बनाउन निर्देशनमा होमिन लागेको पाण्डेले बताए। कार्यक्रममा अभिनेत्री सृष्टि श्रेष्ठले कथाले नै आफूलाई आकर्षित गरेको बताइन्। ‘मैले कथा पढेपछि अगाडि के होला ? भनेर जिज्ञासु बन्थे।

प्रद्युमन मिश्रको छायाङ्कन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन रहने फिल्मको प्रोडक्सन डिजाइन सुवासराज काफ्ले हुन्।
 

कमेन्ट लोड गर्नुस