सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट डेढ लाख बढीका अबैध सामान बरामद

२०८० मंसिर २०, १०:२६ खबर संवाददाता

धनगढीः कैलालीबाट डेढ लाख बढीका अबैध सामान बरामद गरिएको छ।

जिल्लाको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ४१ हजार ८ सय ६५ मूल्य बराबरको लाष्टिक, सुट, बच्चाको जकेट, अन्य किरानाका सामान, गोदावरी नगरपालिका १ महेन्द्रनगर रोड स्थित बिष्णु पेट्रोल पम्प नजिकबाट अन्दाजी ९१ हजार १ सय ५० मूल्य बराबरको पितलको भाडाकुडा, घण्टी लगायतका सामान र भजनी नगरपालिका-६ महादेउलीबाट अन्दाजी १७ हजार ५ सय मूल्य बराबरको चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जम्मा १ लाख ५० हजार ५ सय १५ मूल्य बराबरको सामानहरु मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस