सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको एक घरमा आगलागी, एक लाख ५० हजारको क्षति

२०८० मंसिर १९, ०५:४९ खबर संवाददाता

धनगढी : कैलालीको एक घरमा आगलागी भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ सडकपुरका ४२ वर्षीय धनीराम देवकेटाको घरमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदिप चन्दका अनुसार आगलागीबाट एक लाख ५० हजार बराबरको क्षति भएको छ।

विद्युतको तार सर्ट भएर घरमा आगलागी भएको हो। दुई कोठे दुई तले घरमा लागेको आगोबाट खाद्यान्न, लत्ताकपडा लगाएतका सामान जलेका छन। घर पूर्ण रूपमा जलेको प्रहरीले बताएको छ।

 

कमेन्ट लोड गर्नुस