सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारको नीति र कार्यक्रम जनतामुखी भएन : गगन थापा

। फोटो स्रोत ।
२०७६ वैशाख २०, ०९:३१ खबर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको नीति तथा कार्यक्रमले जनतालाई निरास बनाएको बताएका छन्। सरकारले संघीयताप्रति प्रतिवद्ध नरहेको तथा नीति, कार्यक्रम जनतामुखी नभएको उनको तर्क छ। थापाले संसद भवन परिसरमा पत्रकारहरुमाझ भने, ‘यो नीति तथा कार्यक्रम भ्रम, झुट र आश्वासनको पुलिन्दा हो। जनतालाई निराश बनाएको छ।’

संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको ठाउँमा पटकपटक मेरो सरकार भनेकोमा पनि थापाले आपत्ति जनाएका छन्। नीति तथा कार्यक्रममा लेखिएको भाषा ठीक छैन भनेर कुनैपनि मन्त्री र प्रशासकले प्रधानमन्त्रीलाई भन्न नसकेको पनि थापाले बताए।

कमेन्ट लोड गर्नुस